काठमाडौं– मार्वल स्टुडियोले निर्माण गरेको सिरिज ‘मुन नाइट’का अभिनेता गैस्पर्ड उलीलको निधन भएको छ।
सिरिज रिलिज हुनुअघि नै उनको ‘स्की’ दुर्घटनामा निधन भएको हो। उनको परिवारका अनुसार फ्रान्सको दक्षिण पूर्वी क्षेत्रमा स्की गरिरहेका उनको दुर्घटनाका कारण निधन भएको छ।
उलीलले काम गरेको ‘मुन नाइट’ मार्च ३० मा प्रदर्शन हुने घोषणा भएको छ। सुपरहिरो फिल्म ‘मुन नाइट’मा उनी एन्टन मोर्जाटको भूमिकामा देखिएका छन्। फ्रेन्च अभिनेता उलीलले ‘हेनीबल राइजिङ’, ‘सेन्ट लौरेन्ट’जस्ता सफल चलचित्रसँगै चार दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्।
सञ्चारमाध्यमका अनुसार उलील मंगलबार घाइते भएका थिए। स्कीइंग गर्दा उनी अर्का व्यक्तिसँग ठोक्किएपछि गम्भीर चोट लागेको थियो। त्यसपछि अस्पताल लगिएका उनको उपचारका क्रममा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।