काठमाडौं– सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरेबापत होटल बसाइँ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ।
यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।