काठमाडौं– केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर भएका कारण आईसीयूमा भर्ना गरिएको छ। मंगेशकरको भारतको कैंडी अस्पतालको आईसीयूमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
९२ वर्षकी मंगेशकरलाई ९ जनवरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उमेका कारण उनको स्वास्थ्यमा जटिलता भएकाले उनलाई सोही दिन अस्पतालमा भर्ना गरिएको थियो।
उपचारमा संलग्न चिकित्सक प्रतीत समदानीका अनुसार गायिका मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। उनले भारतीय सञ्चारमाध्यमलाई भनेका छन्, ‘उहाँ अहिले आईसीयूमा हुनुहुन्छ। हामी उहाँलाई छिटोभन्दा छिटो स्वस्थ्य बनाउन कोसिस गरिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।