काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ। बुधबार राति सम्पन्न खेलमा युनाइेटडले घरेलु टोली ब्रेन्टफर्डलाई ३–१ ले पराजित गरेको हो।
युनाइटेडको जितमा एन्थोनी इलंगा, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे भने घरेलु टोलीका लागि इभान टोनीले एक गोल फर्काए। चारै गोल दोस्रो हाफमा भएको थियो।
जितसँगै २१ खेलबाट ३५ अंक जोडेको युनाइटेड लिग तालिकाको सातौं स्थानमा यथावत् रहेको छ भने पराजित ब्रेन्टफर्ड पनि २३ अंकका साथ १४औं स्थानमै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।