• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता गठबन्धनमा अन्योल : कहिले गर्ने स्थानीय निर्वाचन?

64x64
बीपी अनमोल बुधबार, माघ ५, २०७८  १८:२५
1140x725

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख भित्रमा नै गर्नुपर्ने भन्दै दुईपटक सरकारलाई मिति सिफारिस गरिसकेको छ।

तर, पाँच दलीय सत्ता गठबन्धन दलबीच निर्वाचनको विषयलाई लिएर सहमति जुट्न सकेको छैन। पाँच दलमै यस विषयमा अन्योल  कायमै रहेको देखिन्छ। 

केही दिन अघि संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलहरुलाई निर्वाचन आयोगले निर्वाचनका विषयमा छलफल गर्न बोलाएको थियो। आयोग सँगको छलफलमा दलहरुले आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए। 

सत्तारुढ गठबन्धन दलका बीचमा सहमति जुट्न नसकेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने निर्वाचन आयोगले तोकेकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्दै आएको छ। अहिलेको सत्ता गठबन्धन विभिन्न बहाना बनाएर चुनाव सार्ने तयारीमा रहेको एमालेको आशंका छ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचन आयोगले तोकेकै मितिमा चुनाव हुनुपर्ने धारणा राख्छन्। उनी सरकारले स्थानीय तहको निर्वाचनका विषयमा आफ्नो दलसँग कुनै छलफल र संवाद नगरेको बताउँछन्।

स्थानीय तहको निर्वाचनका विषयमा आवश्यक निर्णय गर्न भन्दै मंगलबार सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। तर, त्यहाँ कुनै ठोस सहमति भने हुन सकेन्। बिहीबार पनि समन्वय समितिको बैठक बस्ने तयारी भइरहेको छ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की संविधानले तोकेकै मितिमा निर्वाचन गराउन सरकार र गठबन्धनमा रहेका दलहरु तयार रहेको बताउँछन्।

स्थानीय तहको निर्वाचनको विषयलाई लिएर अहिले संवैधानिक र केही कानुनी जटिलता गठबन्धनका दलहरुले देखेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पोखरेल निर्वाचन ऐन र संविधान बाझिएको बताउँछन्। ‘चैतदेखि नै निर्वाचन प्रक्रिया थाल्ने भनेर गयो भने पनि उम्मेदवारी भएको दिन देखि त पद खाली हुन्छ नि,’ उनी भन्छन्, ‘संविधानले ५ वर्ष भन्ने निर्वाचन ऐनले त ७ महिना अघि नै खाली गर्न त मिल्दैन।’

उनी यसअघि निर्वाचन उल्टो विधिबाट भएको भन्दै पहिले संघ त्यसपछि प्रदेश र स्थानीय तहको चुनाव हुने गरेर सुल्ट्याउनुपर्ने धारणा राख्छन्।

उनले गठबन्धन दलहरुका बीचमा एकैपटक निर्वाचन गर्नुपर्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको बताए। 

‘एकैपटक चुनाव गर्नका लागि कानुन फेर्नुपर्छ। संविधानले अहिले त्यो व्यवस्था गरेको छैन,’ उनले भने, ‘राज्यको खर्च कम गर्न र राजनीतिक दलहरुलाई पनि सहजताका लागि एकैपटक राम्रो हुन्छ भन्ने हो।’

निर्वाचनमा प्रचार प्रसार गर्नेदेखि नेता–कार्यकर्ताको व्यवस्थापनका लागि पनि एकैपटक चुनाव गर्दा त्यसले राजनीतिक पार्टीहरुलाई फाइदा नै हुने पोखरेल बताउँछन्।

उनी अहिले कोरोनाको महामारी बढेको बेला निर्वाचन घोषणा गरेमा त्यसले थप महामारी फैलन सक्ने बताउँछन्। 

निर्वाचन आयोग भने बैशाख भित्रमा चुनाव नगरेमा कानुनले काम नगर्ने बताउँदै आएको छ।

‘जेठ ५ गतेपछि त स्थानीय तह रिक्त नै हुन्छ। त्यसैले पनि हामीलाई बैशाख महिनाभित्रमा चुनाव गराइसक्नुपर्ने छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, ‘हामीले संविधान र निर्वाचन कानुन सबै हेरेर नै प्रष्ट भनेका छौं। बैशाखमा चुनाव गराएर ३१ गते अगाडि नै सपथ गराइसक्नुपर्छ।’

आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ मा गर्न प्रस्ताव गरेको छ। तर, आयोगले आफूहरुलाई उपलब्ध हुनुपर्ने १२० दिन घर्किँदै गरेकाले कठिनाइ हुने बताइरहेको छ।

आयोगले पहिलोपटक निर्वाचन भएको २०७४ वैशाख ३१ कै मितिलाई आधार मानेर पाँच वर्ष गणना हुने पनि प्रष्ट पारेको छ। त्यतिबेला २०७४ असार र असोजमा क्रमशः दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका थिए।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल समयमा नै स्थानीय तहको निर्वाचन गर्नेमा दलहरु एकमत भए पनि कहिले गर्ने भन्ने विषयमा ठोस निष्कर्ष निस्कि नसकेको बताउँछिन्। 

‘हिजो (मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा) यस विषयमा सामान्य छलफल मात्रै भएको हो। भोलि (बिहीबार)को बैठकमा सबैले आ–आफ्नो दलको धारणा राख्नुहुन्छ,’ पौडेलले भनिन्, ‘त्यो बैठकबाट केही निर्णय आउला।’

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेल स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल जारी रहेको बताउँछन्। ‘ऐनमा अर्कै व्यवस्था छ। त्यो संविधानसँग बाझिएको छ। त्यो सबै विषयमा छलफल हुँदैछ,’ उनले भने।

राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी बैशाखमै स्थानीय तहको निर्वाचन गर्नैपर्ने भन्ने विषयमा संवैधानिक अड्चन नरहे पनि कानुनी अड्चन रहेको बताउँछन्।

‘संवैधानिक अड्चन छैन। केही कानुनी अड्चन छ,’ उनले भने, ‘त्यसलाई दलहरुको सहमतिमा सच्चाएर जान सकिने अवस्था रहन्छ।’

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा महत्वपूर्ण संवाद भएको... शुक्रबार, जेठ १, २०८३
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्... शुक्रबार, जेठ १, २०८३
सकारात्मक संवादका लागि जेनजी प्रतिनिधिहरूलाई कार्यदलको आह्वान कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै स... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो शुक्रबार, जेठ १, २०८३
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत शुक्रबार, जेठ १, २०८३
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्