प्रतिकात्मक तस्बिर
हेटौंडा– मास्कको कालोबजारी गरेको आरोपमा मकवानपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेडिकल पसल (फार्मेसी)का सञ्चालिका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१ स्थित सम्पूर्ण फार्मेसीका सञ्चालिका हेटौंडा–९ घर भएकी ३२ वर्षीया सजिता पोख्रेल छन्।
कोरोना संक्रमितहरु बढेको अवस्थामा मास्कको मूल्य बढाएर बिक्री गरेको पाइएपछि पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पोख्रेलमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।