काठमाडौं– बढ्दो कोरोना महामारीका कारण पूर्वनिर्धारित मितिमा हुन नसकेको विश्व प्रसिद्ध सांगीतिक अवार्ड कार्यक्रम ‘ग्रामी अवार्ड’ ३ अप्रिलमा हुने भएको छ।
विश्वभर बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै ३१ जनवरीमा राखिएको कार्यक्रम स्थगित गरिएको थियो। लस एन्जल्समा हुने भनिएको कार्यक्रम अब ३ अप्रिलमा लस भेगसमा हुने भएको छ।
स्थगित भएको कार्यक्रमको नयाँ मितिसँगै नयाँ स्थान पनि निर्धारण गरिएको छ। अब अप्रिलमा लस भेगसमा हुने कार्यक्रमलाई जिसे ट्रेवर नोवाले सञ्चालन गर्नेछिन्। यसपटक ग्रामी अवार्डका लागि जस्टिन बिबर, बिली इलिस र ओलिविया रोड्रियोजस कलाकारहरु छनोटमा परेका छन्।
‘रेकर्डिङ अकेडेमी’ले हरेक वर्ष गर्ने ग्रामी अवार्ड सांगितिक क्षेत्रको प्रसिद्ध अवार्ड हो। यो वर्ष अवार्डको ६४ औं संस्करण हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।