काठमाडौं– झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो। घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन्। मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।