काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेलमा सुरुवाती अग्रता जागाउन नसक्दा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २८ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। खेलको ६० औं मिनेटमा एडम वेब्स्टरले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याएका हुन्।
बराबरीसँगै २३ खेलबाट ४४ अंक जोडेको चेल्सी लिग तालिकाको तेस्रो स्थानमा रहेको छ। ब्राइटन २९ अंक जोडेर नवौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।