काठमाडौं- ओपो र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले युवा उद्यमीहरुको सशक्तीकरणका लागि सहकार्य गरेका छन्। सहकार्यअन्तर्गत यी दुई संस्थाको सहआयोजनामा 'द युथ इन्नोभेसन एक्सिलिरेसन क्याम्प' चीनको शेन्जेनमा सम्पन्न भएको छ। चाइना आलियान्स अफ सोसियल भ्यालु इन्भेष्टमेन्ट (सीएएसभीआई) समर्थित उक्त क्याम्प १४ देखि १७ डिसेम्बरमा सम्पन्न गरिएको हो।
सामाजिक उद्यमीहरुलाई सशक्त बनाउने तथा लगानी, औद्योगिक र शैक्षिक संसाधन तिनको पहुँचमा पुर्याउन सघाउनुका साथै संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य-२०३०(एसडीजीएस) हासिल गर्न सघाउने उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको थियो।
ओप्पोले दिएको जानकारीअनुसार यस वर्ष आयोजित युथ इन्नोभेसन एक्सिलिरेसन क्याम्प विशेषतः तीन प्रमुख विषयमा केन्द्रित रहेको थियोः पर्यावरण संरक्षण, डिजिटल समावेशिता र स्वास्थ्य तथा कल्याण। शृंखलाबद्धरुपमा एन्जिल- लगानी गरिएका स्टार्ट-अपदेखि 'ए' कोष भएकाहरुसम्म गरी समग्रमा २० युवा नेतृत्वसहितका प्राविधिक स्टार्ट-अप्सलाई क्याम्पमा आमन्त्रित गरिएको थियो। क्याम्पमा औद्योगिक साझेदार तथा लगानीकर्ताहरुलाई पनि व्यापार विश्लेषण, बजारीकरण, प्रभाव वित्तपोषण र डिजाइन सोचअन्तर्गतका सत्रहरुमा बोल्नका लागि आमन्त्रित गरिएको कम्पनीले जनाएको छ।
'विभिन्न उद्यमीहरुको मागलाई आत्मसात गर्दै शिविरमा स्टार्ट-अप फेयर र वान-अन-वान मेन्टरिङ जस्ता परामर्शदायी सत्रहरु पनि समाविष्ट गरिएका थिए। यसले तिनीहरुको व्यावसायिक मोडललाई थप विकसित गर्न मद्दत पुगेको थियो,' ओप्पोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'शिविरको अन्तिम दिन ‘डेमो डे’को आयोजना गरिएको थियो। जसअन्तर्गत छनोटमा परेका १० स्टार्ट-अप्सले तिनका नवप्रवर्तनात्मक व्यापार मोडल र विचार औद्योगिक पार्टनर्स तथा लगानीकर्तामाझ प्रस्तुत गरेका थिए।'
कार्यक्रमअन्तर्गत दुई सामाजिक उद्यमहरुलाई मोस्ट प्रोमिसिङ स्टार्ट-अप अवार्डबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ।
'एसडीजीका उद्देश्य प्राप्तिका लागि सहकार्यको लामो इतिहास बोकेका युवा र तिनका सपनाको समर्थन गर्न पाउँदा ओपो निकै गौरवान्वित छ,' ओपोका एसोसियट उपाध्यक्ष, हेड अफ स्ट्राटेजी एण्ड विजनेस डेभलपमेन्ट सोनिया मियाओले भने, 'हाम्रो ब्राण्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’सँग पंक्तिबद्ध ओपोले पर्यावरण सुरक्षा, युवा सशक्तीकरण, डिजिटल समावेशिताका साथै स्वास्थ्य तथा कल्याणअन्तर्गत योगदान दिन दिगो विकासको समर्थन गरिरहेको छ।'
यूएनडीपीका रेसिडेन्ट रिप्रिजेन्टेटिव इन चाइना बेइटी ट्रयांकमानले भने, 'दिगो विकास लक्ष्यहरुको प्राप्तिका लागि हाम्रा साझा महत्त्वाकांक्षालाई अगाडि बढाउन उद्यमशीलताको भावना एक अत्यावश्यक घटक हो र यसका लागि हामी सर्वाधिक रचनात्मक, बौद्धिक र साहसी युवाहरुको समर्थन गर्ने कार्यलाई निरन्तरता दिइरहनेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।