काठमाडौं– प्रसिद्ध कथक नर्तक पण्डित बिरजू महाराजको निधन भएको छ। भारतीय सरकारद्वारा पद्य विभूषणले विभूषित नृत्यकार महाराजको हृदयघातका कारण मृत्यु भएको हो।
८३ वर्षका बिरजू महाराजको सोमबार भारतको दिल्लीस्थित साकेत अस्पतालमा निधन भएको हो। बिरजूकी नातिकी रागिनीका अनुसार उनको एक महिनादेखि उपचार भइरहेको थियो। आइतबार राति उनलाई स्वासप्रस्वासमा कठिनाइ भएपछि अस्पताल लगिएको थियो।
बिरजू भारतसँगै सास्त्रिय संगीतको क्षेत्रमा निकै सम्मानित नृत्यकार थिए। नृत्यसँगै लैंगिक असमानताका विषयमा उनले कलाकै माध्यमबाट गरेको काम निकै अर्थपूर्ण रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।