काठमाडौं– दक्षिण भारतीय सिनेमाका सुपरस्टार अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तबीचको वैवाहित सम्बन्ध टुटेको छ। विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको सम्बन्ध विच्छेद भएको छ।
धनुष र ऐश्वर्यालाई दक्षिण भारतीय सिनेमाको ‘पावर कपल’ मानिन्थ्यो। सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषले १८ वर्षअघि विवाह गरेका थिए। ऐश्वर्या दक्षिण भारतीय फिल्ममा निर्देशकदेखि गायकसम्म रहेकी छिन्।
दुईको सम्बन्ध टुटेको बताउँदै धनुषले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले १८ वर्षसम्म साथी, जोडी, अभिभावक र शुभचिन्त्मक बनेर लामो यात्रा तय गर्यौ। आज हामी जहाँ उभिएका छौं, यसमा हामी दुवैको उत्तिकै भूमिका छ। मैले र ऐश्वर्याले अब सम्बन्धबाट छुटिने फैसला गरेका छौं। हामी आफैंलाई बुझ्नका लागि समय दिनुपर्ने आवश्यक ठानेका छौं।‘
ऐश्वर्याले पनि सामाजिक सञ्जालमार्फत आफूहरुको सम्बन्ध टुटेको घोषणा गरेकी छिन्। धनुष र ऐश्वर्याले सन् २००४ नोमेम्बरमा विवाह गरेका थिए। उनीहरुका दुई सन्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।