काठमाडौं– उदयपुरको कटारी नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।
घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ। दुर्घटनापछि चालक प्रेमबहादुर श्रेष्ठ भने फरार छन्। चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।