काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन्।
अबुधाबी प्रहरीका अनुसार मुसाफाह क्षेत्रको तेल भण्डारण केन्द्र नजिकै विस्फोट भएको थियो भने अर्को विस्फोट अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको निर्माणस्थलमा भएको हो।
मृत्यु हुनेमा दुई भारतीय र एक पाकिस्तानी नागरिक रहेको युएईको आधिकारिक समाचार एजेन्सी वामले जनाएको छ।
घाइते भएका ६ जनालाई भने सामान्य चोटपटक लागेको छ। विस्फोटको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिएका छन्।
प्रहरीले ड्रोनबाट आक्रमण भएको आशंका गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।