काठमाडौं- जावलाखेल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण भएको छ। मुख्य प्रशिक्षक किशोरकुमार केसीले आफ्ना दुई खेलाडीमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
‘डिफेन्डर कोअरा लार्बा फ्लोरेन्ट कोने र फरवार्ड पेमा लेन्डुप शेर्पालाई कोरोना संक्रमण भएको छ,’ उनले भने,‘अन्य खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।’
कोरोना संक्रमण भएपछि दुवै खेलाडीले लिगअन्तर्गत सोमबार न्यूरोड टिम (एनआरटी)विरुद्धको खेल गुमाएका थिए।
उक्त खेलमा जावलाखेल २–० गाोलले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।