काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकन टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
अप्रिल ५ तारिखमा हुने छनोट चरणको खेलमा नेपालको मच्छिन्द्रले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको सातौं चरणको खेलसम्म शीर्षस्थानमा रहने एएफसी लाइसेन्स पाएको एक टोलीले छनोट खेल्न पाउने नियम बनाइएको थियो।
सोही आधारमा मच्छिन्द्र शीर्षस्थानमा रहँदै एएफसी कपको छनोट खेल्न लागेको हो। श्रीलंकाको ब्लु स्टार यो सिजनको लिग च्याम्प्यिन टोली हो।
मच्छिन्द्र र ब्लु स्टारसँगको खेल स्थल भने तय भएको छैन। मछिन्द्रले श्रीलंकन टोलीलाई पराजित गरे अर्को चरणमा भारतको मोहन बगानसँग १२ तारिखमा खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।