काठमाडौं- नेपाल क्रिकेट प्रशिक्षक संघ (सी-क्यान)को अध्यक्षमा जगत टमाटा सर्वसम्मत चयन भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक रहेका टमाटा सोमबार काठमाडौंमा भएको पहिलो साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्। यसअघि उनी तदर्थ समितिको अध्यक्ष रहेका थिए।
टमाटाको नेतृत्वमा ११ जनाको कार्यसमिति पनि सर्वसम्मत चयन गरिएको छ।कार्यसमितिको उपाध्यक्षमा सामसङजंग थापा, सचिवमा बसन्त शाही र कोषाध्यक्षमा महेशप्रसाद रिजाल चयन भए।
यता, प्रकाश शर्मा, सुनिल शाह, निरा राज उपाध्याय, जानकी भट्ट, रिजन प्रजु, ज्ञानेन्द्र क्षत्री र शेरबहादुर लामा कार्यसमिति सदस्यमा सर्वसम्मत चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।