काठमाडौं- औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।
डि-पील (लेभेनोर्जेसटल ट्वाब्लेट १.५ एमजी) नामको औषधिको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले औषधि फिर्ता गर्न र नेपालमा बिक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।
यो औषधि भारतको कोपर फर्माले उत्पादन गरेको हो। यो औषधि भारत फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न आयातकर्तालाई विभागले निर्देशन दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।