काठमाडौं– नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ।
विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी (ट्रिपल एक्स) रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ।
ग्राहकहरुको चाहनालाई ध्यानमा राखी ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
यसअघि जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो।
चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले बताए।
‘स्पाइस्ड रम’को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।