काठमाडौं– इंग्लिस प्रिमियर लिगको अंक तालिकामा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हराएको हो। लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चाम्बरलिन र ताकुमी मिनामिनोले गोल गरे।
खेलको ४४ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ६९ औं मिनेटमा चाम्बरलिनले गोल गर्दै लिभरपुललाई २–० को स्तिथिमा पुर्याए। त्यसपछि खेलको ७७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए।
जितसँगै लिभरपुलले २१ खेलमा ४५ अंक जोडेको छ। पराजित ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा रहेको छ।
लिग लिडर म्यनन्चेस्टर सिटीले २२ खेलबाट ५६ अंक जोड्दा तेस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट ४३ अंक छ। दोस्रो स्थानको लिभरपुलले एक खेल कम खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।