काठमाडौं– रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ। साविक विजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियलले स्पेनिस सुपर कपको उपाधि जितेको हो। १० खेलाडीमा समेटिएको रियलले फाइनलमा एथलेटिको बिल्वाओलाई २–० ले पराजित गरेको हो।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार राति सम्पन्न खेलमा रियलका लागि लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले एक/एक गोल गरे।
खेलको ३८औ मिनेटमा लुका मोड्रिचले गोल गरेक थिए भने बेन्जेमाले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियलाई जित दिलाए।
रियल बार्सिलोनालाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने एथलेटिको बिल्वाओले सेमिफाइनलमा एथलेटिको मड्रिडलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।