• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘ह्वाङ्ग मुख’ अभियन्ताहरूका नाममा....

64x64
मिलन बगाले सोमबार, माघ ३, २०७८  १४:०६
1140x725

हिजोआज राजनीतिक रूपमा शान्त देश कोरोना संक्रमणका कारण अशान्त छ। कुनै जमानामा कोरोनाका कारण मुलुक जतिसुकै आक्रान्त भएपनि बालुवाटार बेखबरजस्तो देखिन्थ्यो। आमनागरिक बालबालिका बोकेर असाध्यै कष्टसाथ १५०—२०० किलोमिटर लामो पैदलयात्रा गरिरहँदा बालुवाटारमा कुर्सी राख्ने शैली र त्यसको बनावट, टेबुलपोस र नम्बर लगाइएका पानीका बोतलका नाममा प्रतिस्प्रर्धा चलिरहेको हुन्थ्यो। त्योभन्दा पनि पर जुत्ता छोप्ने जालीजाली परेको निलो कभरले सबैको ध्यान तान्थ्यो। 

जुत्तामा कभर लगाएर, मुख खुल्लै राख्दै पार्टीका मिटिङ, भेला निकै बाक्लो गरी हुन्थे। नेताहरू कोठाकोठामा मुख फुलाएर बसेका हुन्थे। एउटा कोठाले अर्को कोठालाई कारबाही गर्छु, पार्टीबाटै निकाल्छु, स्पष्टीकरण लिन्छु भनिरहन्थ्यो। आमनागरिक रित्तो अक्सिजन सिलिन्डर र रित्तो ग्यास सिलिन्डर बोकेर यता र उता भौतारिइरहेका हुन्थे। देशमा कोरोनाभन्दा ठूलो समस्या तत्कालीन नेकपाको विवादजस्तो थियो। 

विवाद खेलेपछि बचेको समयमा प्रधानमन्त्री बेसारपानी र अदुवापानीको भाषण छाँट्थे। हिमाली हावापानी र हाम्रो ‘इम्युनिटी’को बखान संसदमै गर्थे। ‘विज्ञानले किन भनिरहनु पर्‍यो, मैले भनेको मैले’ भन्दै सगर्व घोषणा गर्थे।

तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रधानमन्त्रीको लाचार छायाँजस्तो देखिन्थ्यो। कतै चीर निन्द्रामा सुतेजस्तो लाग्थ्यो। अराजकताले हद नाघेको त्यो समयमा नेताहरुलाई कोरोना नलागेको देख्दा अचम्म लाग्थ्यो। मास्क नलगाए पनि, भीडभाड गरेर हिँडे पनि आन्दोलनमै उत्रिए पनि कसरी जोगिएका छन् हँ? कोरोना प्रुफ भएकोले जोगिएका हुन् कि?  बेसारपानी खाएरै जोगिएका हुन् कि? कोरोनासँगै हिसाबकिताब मिलाएर जोगिएका हुन् कि? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भागै खोसेर खोप लगाएकाले जोगिएका हुन् कि? उनीहरु जोगिनु आफैमा एउटा आश्चर्यजस्तो थियो। सुतेको प्रतिपक्ष होस् या सडकमै जागेको सत्तापक्ष, सबैतिर एकछत्र सञ्चो थियो। घोर अचम्म थियो। 

यसपालि हावापानी वा बेसारपानी के–कसो नमिलेर हो, एकपछि अर्को गर्दै ठूल्ठूला नेताहरु कोरोना संक्रमित भए। भनिरहनु परेन, त्यो सबै एकपछि अर्को गर्दै ओइरिएको महाधिवेशनको कमाल हो। मास्क लगाए इज्जत जान्छझैं मुख खुल्लै राखेर भेला र मेलामा रमाएका धेरै नेता यतिबेला कुना पसेका छन्।

उनीहरु कुना पसेसँगै कोरोनाले आहत मुलुकलाई मलम लगाएजस्तो पो भएको छ। चाहिँदो नचाहिँदो राजनीतिक घोचपेच, सस्ता भाषण, बेअर्थको दौडधूप, गुटका भेला र सत्ता तानातानका खेल पढ्न, सुन्न परेको छैन। नेता बिरामी पर्दा जनताले सञ्चो मान्नु पटक्कै राम्रो हैन। कोही बिरामी पर्दा कसैले सञ्चो मान्नु नराम्रो कुरा हो। झन् देशका अगुवा बिरामी पर्दा त आपतकालमा धेरै अप्ठेरो पर्नुपर्ने हो। ‘नेता बिरामी परे, अब हामीलाई कसले हेर्छ?’ भन्ने दिन आए पो! त्यस्तो दिन उनीहरु आफैँले ल्याएनन्। बिरामी परेका नेताहरु सबैलाई स्वास्थ्यलाभको एकमुष्ट कामना। 

यति बेला एमाले सत्ताबाट हुत्तिएर प्रतिपक्षमा पुगेको छ। तर, सचिव योगेश भट्टराईले मुख खुला र जुत्तामा कभर राखेर उही पुरानो एमालेको झल्को दिए। प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण गराउन केही दिनअघि पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङसँगै भट्टराई बालुवाटार पसेका थिए। त्यति बेला देउवाले मास्क लगाएका थिए। नेम्वाङले मुखमा मास्कबाहेक हातमा सेता पञ्जा पनि लगाएका थिए। योगेश भट्टराईको मुख खुल्लै थियो।

यो दृश्य सामाजिक सञ्जालमा छताछुल्ल भएपछि आम आक्रोशको तारो बने भट्टराई। ग्यालेक्सी फोरके टेलिभिजनले त ‘मुखमा हैन खुट्टामा मास्क लगाएको’ भन्दै लाजमर्दो ट्वीट गर्‍यो। त्यो ट्वीट एउटा समाचार माध्यमलाई पटक्कै सुहाउने खालको थिएन। त्यो भन्दा पनि नसुहाउँदो काम त भट्टराईले नै गरे। तर, उनले ‘ज्ञापन पत्र वाचन गर्दा मास्क खोलेको’ स्पष्टीकरण दिएर आफ्नो बचाउको प्रयास गरे। आफ्नो हुस्सुपनको बचाउ गर्नुभन्दा गल्ती स्वीकारेको भए राम्रो हुन्थ्यो। यस्तो जोखिमको बेलामा बोल्दा किन मास्क खोल्नु? अथवा ज्ञापन पत्र वाचन गरेर किन जोखिम निम्त्याइरहनु? नगर्नु गल्ती गरेपछि सामाजिक सञ्जालमा रूप र सारको भद्दा व्याख्या किन गरिरहनु? 

Ncell 2
Ncell 2
nimb
nimb

हिजोआज सामाजिक सञ्जालमा कोरोनासँग सम्बन्धित एकैखालको विज्ञप्तिको बाढी आएको छ। केही दिनअघिसम्म ‘मास्क लगाए पाप लाग्छ’ भनेझैं जात्रा, मेला, पर्व, भोजभतेर, सम्मेलन, अधिवेशन, आन्दोलन, गोष्ठीमा भाग लिएका तस्बिरहरु निसंकोच पोष्ट गर्ने अगुवाहरुको विज्ञप्तिको भाषा यति बेला लगभग एउटै छ। मास्क नलगाई ‘कोरोना बम’ बनेर यत्रतत्र डुल्नुसम्म डुलेर दुनियाँलाई जानीजानी संक्रमित बनाएकाहरू नै सामाजिक सञ्जालमा लेखिरहेछन्– ‘पूर्ण रूपमा सचेत रहँदा रहँदै पनि कोरोनाको यो लहरबाट बच्न सकिएन। मसंग सम्पर्कमा आउनेहरुले सावधानी अपनाउनुहोला।।’ यति लेखेर अन्तिममा जयनेपाल! लालसलाम! को फुँदो पनि गाँसिएको यदाकदा देखिएको छ।

कति रमाइलो! कोरोना सल्काउनुसम्म सल्काएपछि ‘सचेत रहनुहोला’ रे! मास्कसँग नाता तोडेर ‘पूर्ण रुपमा सचेत हुँदाहुँदै’ रे। यसो गर्नेमा सांसद, मन्त्री, सानाठूला सबैखाले दलका अध्यक्ष, उपाधक्ष्य, महासचिव, सचिव मात्र हुन् र? पत्रकार, नागरिक अगुवा, प्राध्यापक, व्यापारी सबै छन्।

कति रमाइलो! कोरोना सल्काउनुसम्म सल्काएपछि ‘सचेत रहनुहोला’ रे! मास्कसँग नाता तोडेर ‘पूर्ण रुपमा सचेत हुँदाहुँदै’ रे। यसो गर्नेमा सांसद, मन्त्री, सानाठूला सबैखाले दलका अध्यक्ष, उपाधक्ष्य, महासचिव, सचिव मात्र हुन् र? पत्रकार, नागरिक अगुवा, प्राध्यापक, व्यापारी सबै छन्। कोहीभन्दा कोही कम छैनन्। 

नेपालमा कोरोना फैलाउन सबै मिलेर मरिहत्ते गरिरहँदा ओमिक्रोन संसार भ्रमण गर्दै हिँडेको थियो। नेपालले दिल खोलेर ह्वाङ्ग मुखका साथ उसलाई स्वागत गर्‍यो। छिटोछिटो फैलाउन रहर गरेझैं ठूलाठूला आमसभाहरु गरिए। कोरोना फैलाउन मरिहत्ते गर्नेहरुले मास्कलाई सपक्क लगाउने चिज नभएर यस्सो भिर्ने वस्तु सम्झिए। स्यानिटाइजर त कता फाले फाले। जूमलाई पनि जुम्सो माने। ठेगाना भुलेझैं गरे। 

पृथ्वीनारायण शाहको सम्मानमा घरमै बसेर पनि सम्झन सकिन्थ्यो। घरमै फोटो राखेर सम्मान गर्न र सो तस्बिर सामाजिक सञ्जालमा राख्न सकिन्थ्यो। राष्ट्रपतिले निवासभित्रै एउटा तस्बिरमा माल्यार्पण गर्नु भए पनि हुन्थ्यो। झन् ठूलो समाचार बन्थ्यो। मकरमेलामा नरोकिएका पूर्वराजा सिंहदरबार अगाडि पुग्न केले रोकिन्थे? राष्ट्रपति, पूर्वराजा कसैले २५ जनाभन्दा बढी भेला नहुनु भन्ने सरकारी आदेशको पालना गर्न जरुरी ठानेनन्। गृह मन्त्रालयको सर्कुलर भुलेर प्रमुख जिल्ला अधिकारी आफैं महोत्सव उद्घाटनमा हिँडे। कोरोनासँग बहादुरीपूर्वक भिड्नु नै सबैको साझा अजेण्डाजस्तो बन्यो। परिणाम हाम्रासामु छ। पूर्ण रूपमा अचेत हुनेहरुले नै सचेत भएको विज्ञप्ति छापिरहेका छन्। कार्यक्रम सधैँझैं चलिरहेकै छन्। भेला, मेला र भोजभतेर नरोकिए पनि सचेत हुन त सकिन्थ्यो। 

आफ्ना आफन्त, इष्टमित्र, साथीभाइलाई कोरोना लाग्दै लाग्दैन भनेझैं गरेर मास्क नलगाई हुलको हिस्सा बन्ने, अलग्ग बस्न खोज्नेलाई पनि हुलमा तान्ने अनि ‘म पूर्ण सचेत रहँदा रहँदै पनि कोरोना लागिहाल्यो, त्यसैले सचेत हुनुहोला’ भन्न कहाँ पाइयो?  

मकर मेला, माघी मेला, नयाँ वर्षको उत्सव, पृथ्वी जयन्ती, महाधिवेशन, चुनाव, विवाह, मृत्यु संस्कार, गोष्ठी, भेला, घुमघाम, खानपिन, तालिम, वार्षिकोत्सव, साधारण र असाधारण सभा सबै हाम्रा जीवनका अभिन्न हिस्सा बनिसके। कोरोना पनि हाम्रै वरिपरि फन्फनी घुमिरहेको छ। घरै बसेर जिन्दगी चल्दैन। चुलो पनि बल्दैन। त्यसो भएपछि ह्वाङ्ग मुख अभियन्ता किन बन्ने? ह्वाङ्ग मुख अभियन्ता बनेर संक्रमित बनेपछि/बनाएपछि ‘पूर्ण रूपमा सचेत थिएँ’ भनेर मुखभित्रकै एउटा जिब्रोले अर्को जिब्रो खोज्ने अवस्था किन ल्याउने?

ह्वाङ्ग मुख अभियन्ता नबनौं। नत्र त मुखमा हैन, खुट्टामा मास्क लगाएको भन्दै ग्यालेक्सी टेलिभिजनले योगेश भट्टराईलाई मात्र हैन, अरुहरूलाई पनि जिस्क्याउन थाल्नेछ। त्यसो भएपछि रूप र सारको निरर्थक बहसमा उत्रिनुपर्ने मात्र होइन, कोरोनाको दुर्दशा झेल्नुपर्ने अवस्था पनि आउँछ। 

ह्वाङ्ग मुखले केही जित्नेवाला छैन। मुख थुनौं। कोरोनाका कारण नेताहरूको मुख थुनिँदा देशले सञ्चो मान्ने अवस्था किन आयो? घर बसाइमा सबै नेताले चिन्तन मनन पनि गर्नेछन् भन्ने आशा पनि गरौं।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन शुक्रबार, असोज २, २०८३
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्