• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘ह्वाङ्ग मुख’ अभियन्ताहरूका नाममा....

64x64
मिलन बगाले सोमबार, माघ ३, २०७८  १४:०६
1140x725

हिजोआज राजनीतिक रूपमा शान्त देश कोरोना संक्रमणका कारण अशान्त छ। कुनै जमानामा कोरोनाका कारण मुलुक जतिसुकै आक्रान्त भएपनि बालुवाटार बेखबरजस्तो देखिन्थ्यो। आमनागरिक बालबालिका बोकेर असाध्यै कष्टसाथ १५०—२०० किलोमिटर लामो पैदलयात्रा गरिरहँदा बालुवाटारमा कुर्सी राख्ने शैली र त्यसको बनावट, टेबुलपोस र नम्बर लगाइएका पानीका बोतलका नाममा प्रतिस्प्रर्धा चलिरहेको हुन्थ्यो। त्योभन्दा पनि पर जुत्ता छोप्ने जालीजाली परेको निलो कभरले सबैको ध्यान तान्थ्यो। 

जुत्तामा कभर लगाएर, मुख खुल्लै राख्दै पार्टीका मिटिङ, भेला निकै बाक्लो गरी हुन्थे। नेताहरू कोठाकोठामा मुख फुलाएर बसेका हुन्थे। एउटा कोठाले अर्को कोठालाई कारबाही गर्छु, पार्टीबाटै निकाल्छु, स्पष्टीकरण लिन्छु भनिरहन्थ्यो। आमनागरिक रित्तो अक्सिजन सिलिन्डर र रित्तो ग्यास सिलिन्डर बोकेर यता र उता भौतारिइरहेका हुन्थे। देशमा कोरोनाभन्दा ठूलो समस्या तत्कालीन नेकपाको विवादजस्तो थियो। 

विवाद खेलेपछि बचेको समयमा प्रधानमन्त्री बेसारपानी र अदुवापानीको भाषण छाँट्थे। हिमाली हावापानी र हाम्रो ‘इम्युनिटी’को बखान संसदमै गर्थे। ‘विज्ञानले किन भनिरहनु पर्‍यो, मैले भनेको मैले’ भन्दै सगर्व घोषणा गर्थे।

तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रधानमन्त्रीको लाचार छायाँजस्तो देखिन्थ्यो। कतै चीर निन्द्रामा सुतेजस्तो लाग्थ्यो। अराजकताले हद नाघेको त्यो समयमा नेताहरुलाई कोरोना नलागेको देख्दा अचम्म लाग्थ्यो। मास्क नलगाए पनि, भीडभाड गरेर हिँडे पनि आन्दोलनमै उत्रिए पनि कसरी जोगिएका छन् हँ? कोरोना प्रुफ भएकोले जोगिएका हुन् कि?  बेसारपानी खाएरै जोगिएका हुन् कि? कोरोनासँगै हिसाबकिताब मिलाएर जोगिएका हुन् कि? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भागै खोसेर खोप लगाएकाले जोगिएका हुन् कि? उनीहरु जोगिनु आफैमा एउटा आश्चर्यजस्तो थियो। सुतेको प्रतिपक्ष होस् या सडकमै जागेको सत्तापक्ष, सबैतिर एकछत्र सञ्चो थियो। घोर अचम्म थियो। 

यसपालि हावापानी वा बेसारपानी के–कसो नमिलेर हो, एकपछि अर्को गर्दै ठूल्ठूला नेताहरु कोरोना संक्रमित भए। भनिरहनु परेन, त्यो सबै एकपछि अर्को गर्दै ओइरिएको महाधिवेशनको कमाल हो। मास्क लगाए इज्जत जान्छझैं मुख खुल्लै राखेर भेला र मेलामा रमाएका धेरै नेता यतिबेला कुना पसेका छन्।

उनीहरु कुना पसेसँगै कोरोनाले आहत मुलुकलाई मलम लगाएजस्तो पो भएको छ। चाहिँदो नचाहिँदो राजनीतिक घोचपेच, सस्ता भाषण, बेअर्थको दौडधूप, गुटका भेला र सत्ता तानातानका खेल पढ्न, सुन्न परेको छैन। नेता बिरामी पर्दा जनताले सञ्चो मान्नु पटक्कै राम्रो हैन। कोही बिरामी पर्दा कसैले सञ्चो मान्नु नराम्रो कुरा हो। झन् देशका अगुवा बिरामी पर्दा त आपतकालमा धेरै अप्ठेरो पर्नुपर्ने हो। ‘नेता बिरामी परे, अब हामीलाई कसले हेर्छ?’ भन्ने दिन आए पो! त्यस्तो दिन उनीहरु आफैँले ल्याएनन्। बिरामी परेका नेताहरु सबैलाई स्वास्थ्यलाभको एकमुष्ट कामना। 

यति बेला एमाले सत्ताबाट हुत्तिएर प्रतिपक्षमा पुगेको छ। तर, सचिव योगेश भट्टराईले मुख खुला र जुत्तामा कभर राखेर उही पुरानो एमालेको झल्को दिए। प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण गराउन केही दिनअघि पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङसँगै भट्टराई बालुवाटार पसेका थिए। त्यति बेला देउवाले मास्क लगाएका थिए। नेम्वाङले मुखमा मास्कबाहेक हातमा सेता पञ्जा पनि लगाएका थिए। योगेश भट्टराईको मुख खुल्लै थियो।

यो दृश्य सामाजिक सञ्जालमा छताछुल्ल भएपछि आम आक्रोशको तारो बने भट्टराई। ग्यालेक्सी फोरके टेलिभिजनले त ‘मुखमा हैन खुट्टामा मास्क लगाएको’ भन्दै लाजमर्दो ट्वीट गर्‍यो। त्यो ट्वीट एउटा समाचार माध्यमलाई पटक्कै सुहाउने खालको थिएन। त्यो भन्दा पनि नसुहाउँदो काम त भट्टराईले नै गरे। तर, उनले ‘ज्ञापन पत्र वाचन गर्दा मास्क खोलेको’ स्पष्टीकरण दिएर आफ्नो बचाउको प्रयास गरे। आफ्नो हुस्सुपनको बचाउ गर्नुभन्दा गल्ती स्वीकारेको भए राम्रो हुन्थ्यो। यस्तो जोखिमको बेलामा बोल्दा किन मास्क खोल्नु? अथवा ज्ञापन पत्र वाचन गरेर किन जोखिम निम्त्याइरहनु? नगर्नु गल्ती गरेपछि सामाजिक सञ्जालमा रूप र सारको भद्दा व्याख्या किन गरिरहनु? 

Ncell 2
Ncell 2

हिजोआज सामाजिक सञ्जालमा कोरोनासँग सम्बन्धित एकैखालको विज्ञप्तिको बाढी आएको छ। केही दिनअघिसम्म ‘मास्क लगाए पाप लाग्छ’ भनेझैं जात्रा, मेला, पर्व, भोजभतेर, सम्मेलन, अधिवेशन, आन्दोलन, गोष्ठीमा भाग लिएका तस्बिरहरु निसंकोच पोष्ट गर्ने अगुवाहरुको विज्ञप्तिको भाषा यति बेला लगभग एउटै छ। मास्क नलगाई ‘कोरोना बम’ बनेर यत्रतत्र डुल्नुसम्म डुलेर दुनियाँलाई जानीजानी संक्रमित बनाएकाहरू नै सामाजिक सञ्जालमा लेखिरहेछन्– ‘पूर्ण रूपमा सचेत रहँदा रहँदै पनि कोरोनाको यो लहरबाट बच्न सकिएन। मसंग सम्पर्कमा आउनेहरुले सावधानी अपनाउनुहोला।।’ यति लेखेर अन्तिममा जयनेपाल! लालसलाम! को फुँदो पनि गाँसिएको यदाकदा देखिएको छ।

कति रमाइलो! कोरोना सल्काउनुसम्म सल्काएपछि ‘सचेत रहनुहोला’ रे! मास्कसँग नाता तोडेर ‘पूर्ण रुपमा सचेत हुँदाहुँदै’ रे। यसो गर्नेमा सांसद, मन्त्री, सानाठूला सबैखाले दलका अध्यक्ष, उपाधक्ष्य, महासचिव, सचिव मात्र हुन् र? पत्रकार, नागरिक अगुवा, प्राध्यापक, व्यापारी सबै छन्।

कति रमाइलो! कोरोना सल्काउनुसम्म सल्काएपछि ‘सचेत रहनुहोला’ रे! मास्कसँग नाता तोडेर ‘पूर्ण रुपमा सचेत हुँदाहुँदै’ रे। यसो गर्नेमा सांसद, मन्त्री, सानाठूला सबैखाले दलका अध्यक्ष, उपाधक्ष्य, महासचिव, सचिव मात्र हुन् र? पत्रकार, नागरिक अगुवा, प्राध्यापक, व्यापारी सबै छन्। कोहीभन्दा कोही कम छैनन्। 

नेपालमा कोरोना फैलाउन सबै मिलेर मरिहत्ते गरिरहँदा ओमिक्रोन संसार भ्रमण गर्दै हिँडेको थियो। नेपालले दिल खोलेर ह्वाङ्ग मुखका साथ उसलाई स्वागत गर्‍यो। छिटोछिटो फैलाउन रहर गरेझैं ठूलाठूला आमसभाहरु गरिए। कोरोना फैलाउन मरिहत्ते गर्नेहरुले मास्कलाई सपक्क लगाउने चिज नभएर यस्सो भिर्ने वस्तु सम्झिए। स्यानिटाइजर त कता फाले फाले। जूमलाई पनि जुम्सो माने। ठेगाना भुलेझैं गरे। 

पृथ्वीनारायण शाहको सम्मानमा घरमै बसेर पनि सम्झन सकिन्थ्यो। घरमै फोटो राखेर सम्मान गर्न र सो तस्बिर सामाजिक सञ्जालमा राख्न सकिन्थ्यो। राष्ट्रपतिले निवासभित्रै एउटा तस्बिरमा माल्यार्पण गर्नु भए पनि हुन्थ्यो। झन् ठूलो समाचार बन्थ्यो। मकरमेलामा नरोकिएका पूर्वराजा सिंहदरबार अगाडि पुग्न केले रोकिन्थे? राष्ट्रपति, पूर्वराजा कसैले २५ जनाभन्दा बढी भेला नहुनु भन्ने सरकारी आदेशको पालना गर्न जरुरी ठानेनन्। गृह मन्त्रालयको सर्कुलर भुलेर प्रमुख जिल्ला अधिकारी आफैं महोत्सव उद्घाटनमा हिँडे। कोरोनासँग बहादुरीपूर्वक भिड्नु नै सबैको साझा अजेण्डाजस्तो बन्यो। परिणाम हाम्रासामु छ। पूर्ण रूपमा अचेत हुनेहरुले नै सचेत भएको विज्ञप्ति छापिरहेका छन्। कार्यक्रम सधैँझैं चलिरहेकै छन्। भेला, मेला र भोजभतेर नरोकिए पनि सचेत हुन त सकिन्थ्यो। 

आफ्ना आफन्त, इष्टमित्र, साथीभाइलाई कोरोना लाग्दै लाग्दैन भनेझैं गरेर मास्क नलगाई हुलको हिस्सा बन्ने, अलग्ग बस्न खोज्नेलाई पनि हुलमा तान्ने अनि ‘म पूर्ण सचेत रहँदा रहँदै पनि कोरोना लागिहाल्यो, त्यसैले सचेत हुनुहोला’ भन्न कहाँ पाइयो?  

मकर मेला, माघी मेला, नयाँ वर्षको उत्सव, पृथ्वी जयन्ती, महाधिवेशन, चुनाव, विवाह, मृत्यु संस्कार, गोष्ठी, भेला, घुमघाम, खानपिन, तालिम, वार्षिकोत्सव, साधारण र असाधारण सभा सबै हाम्रा जीवनका अभिन्न हिस्सा बनिसके। कोरोना पनि हाम्रै वरिपरि फन्फनी घुमिरहेको छ। घरै बसेर जिन्दगी चल्दैन। चुलो पनि बल्दैन। त्यसो भएपछि ह्वाङ्ग मुख अभियन्ता किन बन्ने? ह्वाङ्ग मुख अभियन्ता बनेर संक्रमित बनेपछि/बनाएपछि ‘पूर्ण रूपमा सचेत थिएँ’ भनेर मुखभित्रकै एउटा जिब्रोले अर्को जिब्रो खोज्ने अवस्था किन ल्याउने?

ह्वाङ्ग मुख अभियन्ता नबनौं। नत्र त मुखमा हैन, खुट्टामा मास्क लगाएको भन्दै ग्यालेक्सी टेलिभिजनले योगेश भट्टराईलाई मात्र हैन, अरुहरूलाई पनि जिस्क्याउन थाल्नेछ। त्यसो भएपछि रूप र सारको निरर्थक बहसमा उत्रिनुपर्ने मात्र होइन, कोरोनाको दुर्दशा झेल्नुपर्ने अवस्था पनि आउँछ। 

ह्वाङ्ग मुखले केही जित्नेवाला छैन। मुख थुनौं। कोरोनाका कारण नेताहरूको मुख थुनिँदा देशले सञ्चो मान्ने अवस्था किन आयो? घर बसाइमा सबै नेताले चिन्तन मनन पनि गर्नेछन् भन्ने आशा पनि गरौं।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्