काठमाडौं- बालबालिका केन्द्रित गायन रियालिटी शो 'द भ्वाइस किड्स'को उपाधि जेनिश उप्रेतीले जितेका छन्। शनिबार भएको फाइनलमा उत्कृष्ट आठबाट जेनिशले उपाधि जितेका हुन्।
'द भोइस किड्स' हरेक शुक्रबार र शनिबार हिमालयन एचडी च्यानलबाट प्रसारण हुँदै आएको थियो। अन्तर्रास्ट्रिय गायन शोको फ्रेन्चाइज रहेको यो कार्यक्रम सोही शैलीमा भएको थियो। ब्लाइन्ड अडिसनदेखि फाइनलसम्म कार्यक्रम २० भाग चलेको थियो। कार्यक्रममा प्रमोद खरेल, मिलन नेवार, राजु लामा र प्रविशा अधिकारी कोचको रुपमा थिए।
उपाधि जितेका जेनिशले १५ लाख पुरस्कारसँगै ट्रफी र गिफ्ट ह्याम्परहरु पाएका छन्। कार्यक्रममा उनी 'टिम प्रमोद'मा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।