काठमाडौं- राजधानीमा जारी प्रधानमन्त्री कप टी२० राष्ट्रिय प्रतियोगितामा सहभागी प्रदेश १ क्रिकेट टोलीका एक खेलाडीलाई कोरोना संक्रमण भएको छ।
शनिबार गरिएको पीसीआर परीक्षणमा टोलीका एक खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो।
शनिबार बिहान टियु मैदानमा बिहान ९ बजेदेखि प्रदेश १ र विभागीय टोलीबीच खेल हुने तय थियो।
तर, केही खेलाडीमा कोरोना संक्रमणको आशंकापछि खेल स्थगित गरिएको थियो। त्यसपश्चात गरिएको परीक्षणको रिपोर्टमा एक खेलाडीलाई संक्रमण पुष्टि भएको क्यानले जनाएको छ।
क्यानका अनुसार आज स्थगित भएको खेल सोमबार बिहान टियु मैदानमा बिहान ९ बजेदेखि हुने छ। जारी प्रतियोगितामा पुलिस ३ खेलमा अपराजित रहँदै समूह ‘ए’को विजेता रुपमा सेमिफाइनलमा पुगिसकेको छ।
यता, प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।