काठमाडौं- इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ।
म्यानचेस्टर सिटीको धरेलु मैदानमा चेल्सी १-० को पराजित भएको हो। यो हारसँगै चेल्सी उपाधि होडबाट करिब बाहिरिएको छ।
खेलको सुरुदेखि नै चेल्सीमाथि निरन्तर दबाब राखेको सिटीले जित निकाल्न ७० मिनेटसम्म कुर्नुपर्यो।
७० औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले उत्कृष्ट गोल गर्दै सिटीलाई जित दिलाएका थिए।
यो हारसँगै अघिल्लो सिजन सिटीलाई नै हराउँदै चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थोमस टचेलको प्रिमियर लिग जित्ने सपना करिब तुहिएको छ।
जितसँगै सिटीले २२ खेलबाट ५६ अंक बनाउँदै अग्रता फराकिलो पारेको छ। उता पराजित चेल्सी भने समान खेलबाटै ४३ अंकसहित लिगको दोस्रो स्थानमा छ।
२२औँ चरणका खेल सकिँदा चेल्सी सिटीभन्दा १३ अंकले पछि परेको छ। उता दुई खेल कम खेलेको लिभरपुलको ४२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।