काठमाडौं- एसियन फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्राविधिक सहायता कोषमार्फत् पुनः आर्थिक सहयता दिने भएको छ।
एएफसीका महासचिव डेटो विन्डसर जोन र उपमहासचिव वाहिद कार्दिनी शनिबार साउदी अरेबियामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेट्दै पुनः आर्थिक सहयता दिने सहमति गरेका हुन्।
एन्फाका अनुसार यो कोषमार्फत् जिल्ला, प्रदेश र एन्फाका प्रशिक्षकका साथै सबै विभागीय प्रमुखहरुलाई तलब दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।