काठमाडौं- पाल्पा सिमेन्ट प्रालिले १८ वर्षभन्दा मुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।
कम्पनीले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने बालबालिकाका लागि उक्त सहयोग गर्ने भएको हो।
कम्पनीले जलनपीडित बालबालिकाका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। साथै, आउँदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।
न्यून र मध्यम आयस्रोत भएका देशहरूमा जलन वा पोल्ने एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ। नेपालमा यसको उपचारमा चिकित्सकहरु र विशेषज्ञताको कमीका कारण धेरै समस्या आइपर्ने गर्छ। यस समस्यालाई मध्यनजर राखी नेपालमा उच्च गुणस्तर र कम लागतमा जलनपीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।