काठमाडौं- केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा देशभर २१ ठाउँमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ।
नेपाल रेडक्रससँगको सहकार्यमा बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौँडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, विर्तामोड, बनेपा, नारायणघाट, चरिकोट, चपुरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।