• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चीनले फेरि किन गर्‍यो नेपालसँग सीमा समस्या नभएको दाबी?

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३०, २०७८  २१:३८
1140x725

काठमाडौं– उत्तरी छिमेकी राष्ट्र चीनले नेपालसँगको सिमानामा कुनै समस्या नरहेको दाबी फेरि दोहोर्‍याएको छ। नेपालस्थित चिनियाँ दूतावासले यस्तो दाबी गरेको हो। दूतावासले बिहीबार राति साढे ९ बजे आफ्नो फेसबुक पेजमा दूतावासका प्रवक्ता वाङ सियाओलोङसँगको कुराकानी राख्दै यस्तो दाबी गरिरहँदा सञ्चारमाध्यमहरुलाई पनि सोही व्यहोरा इमेलमार्फत् पठाएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग लिपुलेक क्षेत्रमा सडक विस्तार गर्ने अभिव्यक्ति दिएर विवाद निम्त्याएको बेला चिनियाँ दूतावासका प्रवक्ताको यस्तो भनाइ आएको हो। भारतीय प्रधानमन्त्रीले नेपालको सार्वभौमिकतामा असर पार्ने अभिव्यक्ति दिइरहँदा दलहरुले विरोध गरे पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिलेसम्म यसबारे मुख खोलेको छैन। सरकारले कुटनीतिक च्यानलबाट पनि कुनै प्रतिक्रिया जनाएको छैन। र, यहीबेला चीनले अचानक आफ्नो सीमानासँगको प्रसंग निकालेको हो। कतिपय जानकारहरुको तर्क छ– चीनले भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिबाट सशंकित नेपाली मनोविज्ञान बुझेर यस्तो चाल चलेको हो।

गत वर्ष हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको आरोप लागेको थियो। यो विषय बाहिर आएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हुम्लाको नाम्खा गाउँपालिकास्थित ११ नम्बर पिल्लर छेउमा 'चिनियाँ पक्षले व्यापारिक प्रयोजनको भवन बनाएर सीमा मिचेको' चर्चाबारे छानबिन गरेको थियो। तर, सरकारले पछि सीमा नमिचिएको भनेको थियो। चीनले बनाएको भवन उसकै भूमिमा रहेको सरकारले बताएको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नै यसबारे प्रष्ट पारेका थिए।

सार्वजनिक सञ्चारमाध्यममा सीमा मिचिएको विषय आएपछि चीनले पनि खण्डन गरेको थियो। त्यसबेला नेपालस्थित चिनियाँ दूतावासले पनि नेपालसँग कुनै सीमा विवाद नभएको दाबी गरेको थियो।

लगत्तै नेपाली कांग्रेससहितको सरकार बनेपछि यो विवादमा छानबिन समिति निर्माण गरेको थियो। समितिले हुम्ला पुगेर अध्ययन प्रतिवेदन तयार पारेको थियो। तर, अध्ययन प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। 

यो पनि पढ्नुहोस्

लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायोआइतबार, असोज १०, २०७८

फेरि मित्रता सम्झाउँदै चीन

‘मैले सान्दर्भिक रिपोर्टहरू याद गरेको छु। चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्। चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको अडिग रूपमा पालना गर्छ। नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्छ’, बिहीबार राति सार्वजनिक धारणामा दूतावासका प्रवक्ता वाङले भनेका छन्, ‘समानता, पारस्परिक लाभ र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारमा चीनले द्विपक्षीयमैत्री सम्बन्ध विकास गर्छ। चीनले नेपाललाई बेल्ट एण्ड रोड इनिसिएटिभको महत्त्वपूर्ण साझेदारको रूपमा लिन्छ। र, नेपाललाई दिएको सहयोगमा कुनै राजनीतिक शर्त राख्दैन।’ 

चिनियाँ दूतावासले चीन र नेपालले सन् १९६० को दशकदेखि नै मैत्रीपूर्ण परामर्शबाट सीमा समस्या समाधान गरेको र कुनै विवाद नभएको बारम्बार स्पष्ट गर्दै आएको उनले दाबी गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको र नेपाल सरकारले पनि घटनास्थलमा छानबिन गर्न टोली पठाएको भन्दै दूतावासका प्रवक्ताले भनेका छन्, ‘दुई देशका अधिकारीहरूले सीमासम्बन्धी मामिलामा राम्रो सञ्चार कायम राख्छन्। व्यक्तिगत झुटा रिपोर्टबाट नेपाली जनता भ्रममा नपरून् भन्ने कामना छ।’ 

कोभिड–१९ महामारीको प्रकोपपछि चीनले नेपाललाई ठूलो मात्रामा भ्याक्सिन र तरल अक्सिजनलगायतका चिकित्सा सामग्री उपलब्ध गराएको स्मरण गर्दै उनले नेपाललाई महामारीको प्रभावसँग जुध्न सघाएको र चिनियाँ पक्षले ठूला कठिनाइहरू पार गर्दै नेपालका लागि एकतर्फी कार्गो ढुवानी खोलेको दाबी गरेका छन्। 

यो पनि पढ्नुहोस्

हुम्लाको सिमा क्षेत्रमा चीनले बनायो ११ भवन, ११ नम्बर पिल्लर हराउँदा अन्यौल मंगलबार, असोज ६, २०७७

‘बन्दरगाहहरूको कार्गो ह्यान्डलिङ क्षमतालाई निरन्तर बढाइएको छ, जसले नेपालमा महामारी विरोधी र जीविकोपार्जन सामग्रीको आपूर्ति सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ’, उनले भनेका छन्, ‘हाल सबै देशको सर्वोच्च प्राथमिकता भनेको महामारीविरुद्ध एकजुट भएर लड्नु र यसलाई संयुक्त रूपमा परास्त गर्नु हो।’

चीन बोल्नुको अर्थ
नेपालस्थित चिनियाँ दूतावासले यहीबेला सीमा विवाद र नेपाल–चीन सम्बन्धबारे प्रष्टीकरण दिनुको कुटनीतिक अर्थ के हो त? कुटनीतिका जानकारहरु यसलाई फरक फरक रुपमा अथ्र्याउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका परराष्ट्रविज्ञ दिनेश भट्टराई चीनले आफ्नो धारणा प्रष्ट्याउने प्रयत्न गरेको बताउँछन्। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तराखण्ड भ्रमण र त्यसक्रममा दिएको अभिव्यक्तिले नेपाल र भारतबीचको सम्बन्धमा आशंका उब्जिएका बेला आफ्नो कारणले पनि कुनै अन्योल नहोस् भन्नेमा चीन सचेत बनेको र त्यसबारे प्रष्ट्याउन खोजेको देखिन्छ’, भट्टराईले नेपाल लाइभसँग भने।

मोदीले केही दिनअघि नेपाली भूभाग लिपुलेकबाट मानसरोवर कैलाश पुग्ने सडक निर्माणलाई तीब्रता दिने घोषणा गरेका थिए। मोदीको यस्तो अभिव्यक्तिले सीमा विवाद सतहमा आएपछि आफूमाथि पनि प्रश्न उठ्ला भनेर चीन सतर्क भएको उनको बुझाई छ। ‘चिनियाँ नाकामा नेपाल आउने कन्टेनरहरु रोकिएका छन्, त्यसले पनि आफूमाथि प्रश्न उठ्ला भनेर चीनले प्रष्ट पार्न खोजेको होला’, उनले भने।

बेइजिङमा नेपाली राजदूत रहिसकेका एमाले नेता टंक कार्की चीन विगतदेखि नै आफ्ना कुरामा प्रष्ट रहेको बताउँछन्। अहिले पनि त्यही कुरा प्रष्ट पार्ने प्रयास गरेको उनको बुझाई छ। ‘पछि विवाद नआओस् र त्यसमा आफूमाथि प्रश्न नउठोस् भनेर उसले पहिल्यै प्रष्ट्याउन खोजेको देखिन्छ’, कार्कीले भने, ‘चीनले पहिलेदेखि नै सीमा विवाद छैन भन्दै आएको छ। विवाद छ कि छैन भनेर सरकारले प्रष्ट पार्ने हो। यसबारे अध्ययन गरेको टोलीको प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन। समस्या भए पनि कुटनीतिक रुपमा समाधान गर्नुपर्छ।’ उनले भारत र चीन दुवै देशले नेपालसँगको सीमा विवाद चाँडै समाधान गरेर लाभ लिनुपर्ने बताए।

 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त... शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै बडादसैँको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल स... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्