काठमाडौं- अस्ट्रेलियाले नोवाक जोकोविचको भिसा फेरि रद्द गरिदिएको छ र उनलाई फिर्ता पठाउन सक्ने जनाइको छ।
अब उनीसँग यो निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बाहेकको बिकल्प नभएको बीबीसीले उल्लेख गरेको छ।
अस्ट्रेलियन ओपनमा भाग लिन पुगेका विश्व नम्बर एक टेनिस खेलाडी जोकोविचलाई अस्ट्रेलिया प्रवेश दिन इन्कार गरिएको थियो।
सर्बियाली खेलाडी जोकोविचलाई मेलबर्न विमानस्थलमा नै रोकिए थियो र त्यसपछि उनलाई अस्ट्रेलिया प्रवेशको नियमलाई पूरा गर्न नसक्ने जनाइएको थियो।
जोकोविच मेलबर्न पुगेसँगै अधिकारीहरुले उनको टीमले कोरोनाविरुद्धको खोप नलागाउने बारे चिकित्सकीय छुट दिने भिसाका लागि अनुरोध नगरेको जनाएका छन्।
तर, टेनिस अस्ट्रेलियाले दुई अलग-अलग स्वतन्त्र प्यानलको समीक्षापछि जोकोविचलाई खोप लगाउन चिकित्सकीय छूट दिइएको पुष्टि गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।