काठमाडौं– इएफएल कप अर्थात् कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन्।१० खेलाडीमा समेटिएको आर्सनलसँग लिभरपुलले पहिलो लेगमा गोलरहित बराबरी खेलेको हो।
बिहीबार राति सम्पन्न खेलमा २४औं मिनेटमै आर्सनल १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा लिभरपुलले उठाउन सकेन। आर्सनलका ग्रानिट झाँका सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । फरवार्डद्वय साडियो माने र मोहम्मद सलाहविना मैदान उत्रिएको लिभरपुलको आक्रमण कमजोर देखिएको थियो।
खेलभर ७८ प्रतिशत बल पोसेसन राखेपनि लिभरपुल बराबरीमा रोकिन बाध्य बन्यो। दोस्रो लेग आर्सनलको मैदानमा २० जनवरीमा हुनेछ।
यस खेलको विजेताले उपाधिका लागि २७ फेब्रुअरीमा चेल्सीको सामना गर्नेछ। चेल्सी टोटनहमलाई पराजित गर्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।