काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदै छन्।
आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके छ भने रेलिगेशन क्षेत्रमा रहेको टोली बच्नका लागि संघर्ष गरिरहेका छन्। नवौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सबै जसो क्लबले तीन अंकका लागि खेल्ने बताएका छन्।
शुक्रबारबाट नवौं चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदै दुवै टोली अंकका लागि मैदान उत्रिनेछ।
विभागीय क्लब एपिएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्ययम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ।
दुवै टोलीका शुक्रबार हुने खेलबाट अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। दोस्रो खेल भने तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ।
उपाधि होडलाई जिवन्त राख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेको खेल्नेछ। सातदोबाटो युथ क्लबले बलिया टोलीविरुद्ध राम्रो नतिजा निकाल्दै अंक जोडिरहेको छ। मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए।
यता, सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ। शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले बताए।
आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब लिगको र्शीष स्थानमा रहेको छ। नवौं चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ। मच्छिन्द्र फुटबल क्लब उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।
शनिबारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अंकका लागि खेल्ने जनाएको छ।
फ्रेन्ड्स जारी लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अंक जोड्न सकेको छैन। यस्तै, थ्री स्टार क्लबले संकटा क्लबसँग नवौ चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम ९एनआरटी० र जावलाखेल युथ क्लबबीच नवौं चरणको अन्तिम खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।