काठमाडौं- त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ दोस्रो जित निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार सम्पन्न खेलमा टाइगर ग्रुप पोखरालाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो।
आर्मीले टाइगरमाथि २५-२२, २५-१९ र २६-२४ को जित निकालेको हो। यस जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ। आर्मी अंक तालिकाको दोस्रो स्थानमा छ।
यता, टाइगरको यो लगातार तेस्रो हार हो। महिलातर्फ नै न्यू डायमण्ड र नेपाल पुलिसबीचको खेल भने स्थगित भएको छ। खराब प्रकाशको कारण चौंथो सेट चलिरहँदा खेल स्थगित गरिएको हो।
यद्यपि, खेलमा न्यू डायमण्ड २-१ ले अघि रहेको छ। चौंथो सेटमा पुलिस ११-८ ले अघि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।