काठमाडौं– इटालियन सुपर कपको उपाधि इन्टर मिलानले जितेको छ। युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलान च्याम्पियन बनेको हो। मिलानोमा घरेलु टोली इन्टरले युभेन्ट्समाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै च्याम्पियन बनेको हो।
इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरे भने युभेन्ट्सका वेस्टन म्याकेनीले एक गोल फर्काए। खेलको २५औं मिनेटमा वेस्टनको गोलबाट युभेन्ट्सले खेलमा १–० को अग्रता बनाएको थियो। उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए।
खेलको ३५औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपपछि निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।
खेलेको अतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट फरवार्ड एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।