• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ललितानिवास प्रकरण : भ्रष्टाचार मुद्दामा फागुन १ देखि अन्तिम सुनुवाइ हुने

64x64
नेपाल लाइभ बुधबार, पुस २८, २०७८  १४:५४
1140x725

काठमाडौं– ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फागुन १ गते देखि अन्तिम सुनुवाइ हुने भएको छ। विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको भ्रष्टाचार मुद्दा २ वर्षपछि अन्तिम सुनुवाइ हुन लागेको हो।

२०७६ माघ २२ गते ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, सचिव, अख्तियारकै पूर्वप्रमुख आयुक्त, मालपोत र भूमि सुधारका अधिकृत र कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले ११० जनालाई आरोपीका रूपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो।

डेढ वर्ष म्याद तामेली र प्रतिवादीको खोजीमा बिताएको विशेषले फागुन १ गतेदेखि अन्तिम सुनुवाइका लागि सरकारी साक्षी वकपत्रका लागि पेसी तोकेको छ। विशेष अदालतका प्रवक्ता दीपेन्द्र अधिकारीका अनुसार यो मुद्दामा धेरै प्रतिवादी भएका कारण म्याद तामेलीले नै लामो समय लिएको हो। उनका अनुसार अब यो मुद्दामा बिनारोकावट सुनुवाइ हुनेछ। 

जग्गा कीर्ते मुद्दा अनुसन्धानको प्रतिवेदन सरकारी वकिल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा घुमिरहँदा पहिलो मुद्दा भने फैसलाको क्रममा जाने भएको हो। विशेषले पटक–पटक म्याद तामेली गरेपनि उपस्थित नभएका मुख्य विचौलिया रामकुमार सुवेदीसहित फरार रहेका ३७ अभियुक्तहरुको हकमा सार्वजनिक सूचना प्रकाशन गर्दै अन्य अभियुक्तको मुद्दा अघि बढाएको हो।  

पुस ९ गते विशेषले उक्त प्रकरणमा साक्षी बुझ्ने आदेश पनि गरेको थियो। न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेको इजलासले साक्षी बुझ्ने आदेश गरेपछि साक्षीहरुको वकपत्र गराउने नयाँ पेसी तोकिएको हो। इजलासले साक्षीको बयानपछि मुद्दालाई अन्तिम सुनुवाइमा लैजाने छ। उनीहरुको वकपत्रपछि विशेषले अन्तिम सुनुवाइ सुरु गर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्तिम सुनुवाइ सुरु हुदाँसम्म फरार अभियुक्तहरू उपस्थित भएमा समावेश गराउने छ भने नआएमा उनीहरुलाई फरारी कायम गरि फैसला सुनाउने छ। यसरी हुने फैसलामा चित्त नबुझेमा उनीहरु सर्वोच्च अदालत जान पाउने छन्। अन्य प्रतिवादीले विशेषको फैसलाविरुद्ध सर्वोच्च गएझैं उनीहरुले पनि पुनरावेदनको अधिकार पाउने छन्। तर, विशेषले उनीहरुकै लागि भनेर अब सुनुवाइ रोकेर राख्ने छैन। 

१३८ जनाको मुद्दामा बहस हुने
विशेष अदालतले २०७६ माघमा अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। अदालतको म्याद अनुसार हालसम्म १३८ जना प्रतिवादी उपस्थित भएका छन् भने एक जना मात्र पुर्पक्षका लागि थुनामा पठाइएका छन्। अन्य प्रतिवादीहरू पनि धरौटी र साधारण तारेखमा रिहा भएका छन्। अदालतले केही प्रतिवादीहरुलाई धरौटीमा रिहा गरेको छ भने केहीलाई अदालतले चाहेको समयमा उपस्थित हुने गरेर साधारण तारेखमा रिहा गरेको छ। अब हुने अन्तिम सुनुवाइमा उनीहरु उपस्थित हुने छन्। 

मुख्य अभियुक्तको आरोप लागेका नेपाली कांग्रेसका नेता  विजयकुमार गच्छदार गएको असार ३० गते विशेष अदालत हाजिर भएका थिए। एक वर्षदेखि फरार रहेका उनी विशेष अदालत सार्वजनिक सूचना जारी गर्ने प्रक्रियामा गएपछि उपस्थित भएका थिए।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

करिब चार घण्टा बयान दिँदै सोही दिन १० लाख धरौटी बुझाएर उनी रिहा भएका थिए। उनी अदालत उपस्थित हुने १३३औं प्रतिवादी थिए। उनीपछि थप पाँच जना हाजिर भएर अदालतबाट रिहा भएका छन् । 

विशेषले तीन जनाको हकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यसरी धरौटी माग हुने मुख्य अभियुक्तमा गच्छदारदेखि भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरका मालिक मिनबहादुर गुरुङसम्म थिए।

५४ जनालाई अदालतले खोजेको समयमा उपस्थित हुनेगरी साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो। विशेषले धरौटी नलिई रिहा गरेको उच्च तहका व्यक्तिमा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी  हुन्।  

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त... शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै बडादसैँको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल स... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्