काठमाडौं- तालिबानले ताजिकिस्तान र उज्वेकिस्तानलाई अफगानिस्तानको विमान र हेलिकोप्टर फिर्ता गर्न आग्रह गरेको छ। त्यसो नभए तालिबानले कारबाही गर्न सक्ने चेतावनी दिएको छ।
तालिबानका रक्षा मन्त्री मुल्ला मोहम्मद याकुब मुजाहिदले यस्तो अपिल गर्दै चेतानवी दिएका छन्।
काबुलमा अफगान पाइलट र अफगान एयर फोर्सका कर्मचारीलाई सम्बोधन गर्दै उनले पहिलेको सरकार सत्ताबाट हटेसँगै जुन विमान छिमेकी देशहरुमा लगिएको थियो त्यो अफगानिस्तानको सम्पन्ति हो र त्यसलाई चाँडो फिर्ता गर्नुपर्ने उनले बताए।
उनल भने, ' हामी छेमेकीको तुलनामा कमजोर हुन सक्छौं तर डरपोक छैनौं। हामी हाम्रो विमान र हेलिकोप्टरको हरेक पार्ट पूर्जा फिर्ता लिएर छाड्छौं। म उनीहरुसँग आग्रह गर्न चाहन्छु कि हाम्रो धैर्यताको परीक्षा नलिइयोस् र विमान तथा हेलिकोप्टर फिर्ता गरियोस्।'
मोहम्मद याकूब मुजाहिदले देश छोडेर जाने अफगान वायु सेनाका पाइलट र इन्जिनियरलाई धन्यवाद दिएका छन् र गत महिना देश छाडेर गएकाहरुलाई उनले फिर्ता हुन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।