काठमाडौं– ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ। दक्षिणपूर्वी ब्राजिलका केही भागमा विगत २४ घन्टादेखि निरन्तर वर्षा भइरहेको सञ्चारमाध्यमले जनाएका छन्। सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ।
भारी वर्षा जारी रहेपछि त्यहाँ विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोमा परी एकै परिवारका एक दम्पती र उनीहरुका दुई सन्तान पुरिएका छन्। पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहे पनि भारी वर्षाका कारण निकै कठिन भएको जनाइएको छ।
वर्षाका कारण अझै केही व्यक्ति हराइरहेको बताइएको छ। हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।