काठमाडौं– प्रतिद्वन्द्वी एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। सोमबार राति सम्पन्न खेलमा युनाइटेडले भिल्लालाई १–० ले पराजित गरेको हो।
घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले खेलको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
खेलको ५०औं मिनेटमा ड्यानी इंग्सले बराबरी गोल फर्काएपनि भिएआरमा उनको गोलले मान्यता पाएन। त्यसपछि पनि दुवै टोलीबाट केही खतरनाक आक्रमण सिर्जना भएपनि युनाइटेडले पहिलो हाफमा लिएको अग्रता जोगाउदै जित निकाल्न सफल भयो।
यो जितसँगै एफए कपको अन्तिम ३२ को समीकरण पूरा भएको छ। यस चरणका खेल ६ फेब्रुअरीमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।