काठमाडौं– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणका सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको समितिले आफ्नो छानबिन सकेर प्रतिवेदन बुझाएको हो। समितिले नारायणहिटी क्षेत्रमा संरचना निर्माणको कार्य तत्काल रोक्न सिफारिस गरेको छ।
लुइटेल नेतृत्वको समितिले नारायणहिटी परिसरमा क्यान्टिन/क्याफेटेरिया सञ्चालनको ठेक्का लागि बतास समूहका ३ वटा संस्थाले प्रतिस्पर्धा गरेकाले ठेक्का सम्झौता गर्दा नै मिलेमतो भएको देखिएको बताएको छछ।
ठेक्का सम्झौता गर्दा क्यान्टिन/क्याफेटेरिया सञ्चालनको लागि स्पष्ट क्षेत्र नतोकी बढी क्षेत्र ओगटेर थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिएको पनि समितिले निष्कर्ष निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।