फाइल तस्बिर काठमाडौं– भारी हिमपातका कारण एक सातादेखि तिब्बतको खासा र न्यालम क्षेत्रमा रोकिएका मालबाहक कन्टेनर (चिनियाँ टेलर) तातोपानी नाका भित्रिन थालेका छन्। अहिले खासा क्षेत्रबाट दैनिक १० कन्टेनर तातोपानी भित्रन थालेको भन्सार कार्यालयले जनाएको छ। हिमपातका कारण खासा, सिगात्सेमा १८३ टेलर रोकिएका थिए।
खासाबाट अहिले दैनिक १० कन्टेनर भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। खासा क्षेत्रमा थुप्रिएको हिउँ चिनियाँ पक्षले पन्छाएर मालबाहक कन्टेनर पठाउन थालेको उनले बताए।
खासा क्षेत्रका सडकमा चार फिट भन्दा माथि हिउँ जमेका कारण १२० सीबीएससम्म लोड बोकेका टेलर न्यालम र खासामा रोकिएका थिए। हिमपातका कारण दुर्घटना हुन सक्ने भन्दै चीनले कन्टेनर पठाउन रोक लगाएको थियो। हिउँले परिएर कन्टेनरहरुमा आएका स्याउलगायत खाद्यवस्तु कुहिएको व्यापारी रमेशकुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।