काठमाडौं– प्रिमियर लिग क्लब चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा चेल्सीले लिग टुको टोली चेस्टरफिल्डमाथि ५–१ को जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।
स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोलीको जितमा टिमो वेर्नर, कलुम हड्सन ओडोई, रोमेलु लुकाकु, एन्ड्रिएस क्रिस्टेन्सेन र हाकिम जियाचले गोल गरे। चेस्टरफिल्डका एकवासी एसान्टेले एक गोल फर्काए।
चेल्सीले पहिलो हाफमा ४–० को फराकिलो अग्रता सलदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल खाएको थियो।
खेलको छैटौं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो। १८औं मिनेटमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
त्यसपछि २०औं मिनेटमा रोमेलु लुकाकुले तथा ३९औं मिनेटमा एन्ड्रिएस क्रिस्टेन्सेन गोल गरेपछि चेल्सी पहिलो हाफमै मजवुत स्थितिमा पुगेको थियो। ५५औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई ५–० ले अघि बढाए। ८०औं मिनेटमा एकवासी एसान्टेले एक गोल फर्काएपनि हार टार्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।