काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ।शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियलले भ्यालेन्सियालाई ४–१ ले हरायो।
रियल मड्रिडको जितमा करिम बेन्जिमा र भिनिसियस जुनियरले समान २–२ गोल गरे।खेलको ४३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। उनले खेको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
खेलको ५२ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। खेलको ६१ औं मिनेटमा पुन जुनियरले नै गोल गर्दै रियललाई ३–० ले अघ बढाए। खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका लागि गोन्कालो गुएडेसले गोल गर्दै अग्रता घटाउने प्रयास गरे। खेलको ८८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले ४–१ को सानदार जित निकाल्यो।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ४९ अंक भएको छ। २ खेल कम खेलेको सेभिल्ला ४१ अंकसहित दोस्रो स्थानमा छ।
रियलसँग पराजित भ्यालेन्सिया भने २० खेलबाट २८ अंक जोड्दै नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।