काठमाडौं- साउदी अरब डकार कार र्यालीमा चरमपन्थी आक्रमणको कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ। गत साता यस र्यालीमा सहभागी एक कार विस्फोट भएको थियो। उक्त विस्फोटमा फ्रान्सका एक चालक घाइते भएका थिए।
तर, विदेश मन्त्रालयले शुक्रबार कार दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा चरमपन्थी आक्रमणको कुनै प्रमाण फेला नपरेको बताएको हो। साउदी अधिकारीहरू यस विषयमा फ्रान्स सरकारसँग सम्पर्कमा छन्।
तर, शुक्रबार फ्रान्सेली विदेशमन्त्रीले फ्रान्सेली कार भित्र भएको विस्फोटलाई अतिवादी आक्रमण हुनसक्ने आरोप लगाएका छन्।
विदेशमन्त्री जीन–यवेस ले ड्रियानले शुक्रबार सञ्चारमाध्यमलाई भने,‘हामीले र्यालीका आयोजकहरू र साउदी अधिकारीहरूलाई त्यहाँ के भयो भनेर स्पष्ट रूपमा बताइसकेका छौं। त्यहाँ अतिवादी हमला भएको अनुमान गरिएको छ।’
डकार र्याली यसअघि फ्रान्सको राजधानी पेरिसदेखि सेनेगलको राजधानी डकारसम्म आयोजना गरिन्थ्यो। तर, सुरक्षाका कारण साउदी अरेबियामा सन् २०२० देखि आयोजना गर्न थालिएको हो।
यस वर्ष यो र्याली जनावरी १ बाट सुरु भएको हो, जुन १४ जनावरीमा समापन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।