काठमाडौं- विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी)माथि संघर्षपूर्ण जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा आर्मीले एनआरटीमाथि १–० को जित निकालेको हो।
आर्मीको जितमा पहिलो हाफमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोल नै निर्णायक बन्यो। उनले १७औं मिनेटमा जगजित श्रेष्ठको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए।
जितसँगै अपराजित आर्मी ८ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा यथावत् छ। समान १४ अंक रहेपनि आर्मी संकटासँग पछि परेको छ। लिगमा दोस्रो हार बेहोरेको एनआरटी १० अंकसहित सातौं स्थानमा यथावत् रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।