काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले 'फिफा वर्ष खेलाडी' अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ।
फिफाले अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको हो। फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्कीर मोहमद सलाह परेका हुन्।
वर्ष खेलाडी महिलातर्फ भने अस्ट्रेलियन साम केर, स्पेनकी जेनिफर हेर्मोसो र स्पेनकै एलेक्सिया पुटेलास परेका छन् ।
वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल परेका छन् भने महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।
वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर, इडुवार्ड मेन्डी र जियानलुगी डोनारुम्मा अनोनितको अन्तिम सूचीमा परेका छन्।
त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा परेका छन्।
अवार्डका लागि कोच, क्याप्टेन, पत्रकार र फ्यानहरुले मतदान गरेका थिए।
फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।