काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली एपीएफ क्लव र जावलाखेल युथ क्लवबीचको खेल बराबरीमा टुंगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौँ चरणको दोस्रो खेलमा एपिएफ र जावलाखेलबीचको खेल गोलरहित बराबरी सकिएको हो। यस बराबरी खेलसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्।
खेलको निर्धारित समयसम्म दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बारबरीमा सकिएको हो।
यस बराबरी खेलसँगै एपीएफले आठ खेलमा सात अंक जोडेको छ। एपीएफ अंक तालिकाको १०औँ स्थानमा रहेको छ। यता समान आठ खेल नै खेलेको जावलाखेलको आठ अंक भएको छ। जावलाखेल भने अंक तालिकाको नवौँ स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।