१. प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सक्यो बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणको अनुसन्धान, सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन, जग्गा हत्याउने खेल चार ‘चरण’मा पूरा गरेको निष्कर्ष । (सीआईबीले बुझायो प्रतिवेदन)
२. नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिनेबारे छानविन गर्न समिति गठन, हालसम्मका निर्णय प्रक्रियाबारे ३ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा । ( छानविन गर्न समिति गठन)
३. आर्थिक वर्षको आधा अवधिसम्म पुँजीगत खर्च निराशाजनक, ३० प्रतिशत पुर्याउने अर्थमन्त्रीको निर्देशन 'अलपत्र’, पुस २० सम्मको पुँजीगत खर्च ८.७७ प्रतिशत । (अर्थमन्त्रीको निर्देशन 'अलपत्र’)
४. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी जाममा रोकिएको विषयमा जाँच गर्न पञ्जाव सरकारद्वारा उच्चस्तरीय समिति गठन, समितिले तीन दिनभित्रमा रिपोर्ट दिने । (उच्चस्तरीय समिति गठन)
५. र, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा खेलाउन राष्ट्रिय खेलकुद परिषद्ले दियो स्वीकृति, ७ वटा प्रदेश र ३ विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्ने । (राष्ट्रिय खेलकुद परिषद्ले दियो स्वीकृति)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।