काठमाडौं- उत्तर कोरियाले यस हप्ता हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिइको दाबी गरेको छ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले बिहीबार मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको हो।
बुधबार परीक्षण गरिएको यो मिसाइल आफ्नो लक्ष्यमा प्रहार गर्न सफल भएको बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तर कोरियाले आणविक निशस्त्रीकरणको विषयमा रोकिएको वार्ताको बीचमा आफ्नो सैन्य क्षमता विस्तार गर्न दोस्रो परीक्षण गरेको हो।
उत्तर कोरियाले गत अक्टोबरपछि पहिलोपटक बुधबार यो मिसाइल परीक्षण गरेको हो। उत्तर कोरियाले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल परीक्षण सेप्टेम्बरमा गरेको थियो।
हाइपरसोनिक मिसाइलहरूले आफ्नो लक्ष्यलाई ब्यालेस्टिक मिसाइलभन्दा छिटो र कम प्रहार गर्छन्। हाइपरसोनिक मिसाइलको गति ध्वनिको गतिभन्दा पाँच गुणा बढी वा लगभग ६२०० किलोमिटर प्रतिघण्टा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।