काठमाडौं- इटालीबाट चार्टर्ड उडानमार्फत् भारतको अमृतसर पुगेका १२५ यात्रुमा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय समाचार माध्यमहरुका अनुसार उक्त चार्टर्ड उडान बुधबार दिउँसो इटालीको भेरोनाबाट अमृतसर पुगेको थियो। उक्त विमानमा १७९ यात्रु थिए।
यो विमानमा सवार बालबालिकाको कोरोना परीक्षण गरिएको थिएन। १६० यात्रुको परीक्षण गरिएको थियो। जसमध्ये १२५ जनामा कोरोना पोजिटिभ देखिएको हो।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिने स्वास्थ्य अधिकारीहरुले बताएका छन्। बुधबार भारतमा ९० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्।
भारतमा ओमिक्रोन भेरियन्टका कारण संक्रमणमा उल्लेख्य वृद्धि भएको छ। भारतमा हालसम्म तीन करोड ५० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्।
जसका कारण करिब चार लाख ८२ हजार मानिसको मृत्यु भइसकेको छ। कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या निकै बढेको थियो। त्यतिबेला अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।