काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को १५औं कार्यकारिणी समितिको बैठक शुक्रबार बिहान बस्नेगरी स्थगित भएको छ।
बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ७ सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि बिहीबार बैठक बसेको हो। बिहीबार दिउँसो सुरु भएको बैठक शुक्रबार ९ बजेसम्मका लागि स्थगित गरिएको हो। बैठकका लागि विभिन्न २० वटा अजेन्डा रहेको थियो।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा निर्धारित समयभन्दा ढिलो गरि सुरु भएको बैठकका लागि तय २० मध्ये ७ अजेन्डामा छलफल गरिएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
बाँकी १३ अजेन्डामा भोली पुनः छलफल हुने उनले बताए। ‘छलफलका विषयहरु धेरै भएकोले बैठक स्थगित गरिएको हो। आज ७ वटा अजेण्डामा मात्र छलफल भयो,’ शेर्पाले भने।
बैठकमा सहभागी एक सदस्यका अनुसार अध्यक्ष शेर्पाको नेतृत्वमा वार्षिक रुपमा गर्दै आएको खेलाडी सम्मानको छनोटका लागि ५ सदस्यीय छनोट समिती गठन गर्नुका साथै ए, बी र सी डिभजन लिग खेल्ने क्लबलाई तयारीस्वरुप दिइँदै आएको रकममा २ लाख ५० हजार थप गर्ने निर्णयसमेत गरेको छ।
यद्यपि, बैठकका निर्णयहरु बैठक सकिएपछि मात्रै सार्वजनिक गरिने शेर्पाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।